प्रधानमन्त्रीको समर्थनमा माइतीघरमा युवाहरुको प्रदर्शन
काठमाडौं, १८ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुको एक समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
सरकार ढाल्ने खेल भएको भन्दै उनीहरुले बिहीबार मध्यान्ह प्रदर्शन गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहेका छन्। उनीहरुले ओलीको अहमता धेरै भएको भन्दै अब दुवै पदबाट हटाउने जिकिर गर्दै आएका छन्।
नेकपामा भाँडभैलो भइरहेका बेला ओलीको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ लगायतका नारा लगाएका थिए।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot