Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, अध्यादेश ल्याउने आशंका

प्रधानमन्त्रीद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस, अध्यादेश ल्याउने आशंका


काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्न सक्ने प्रावधान छ। संसदको अधिवेशन अन्त्यसँगै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन खोजेको नेकपाका एक सचिवालय सदस्यले झिल्कोलाई बताए ।

संसद अधिवेशन चलिरहेका बेला अध्यादेश जारी गर्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले गर्दा उनले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हुनसक्ने ती नेताको दावी छ ।

यसअघि वैशाख पहिलो साता पनि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। पार्टीभित्र र बाहिर चरम विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका थिए।

हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ। प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन।

यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन्। नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस