Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

ओली निकट स्थायी समिती सदस्यहरुलाई प्रचण्डले बोलाए खुमलटार


काठमाडौं, १८ असार ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा मागिरहेका अर्का अध्यक्ष पुष्प कमल दाहालले बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाएका छन्।

अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली पुुगेका छन् ।

यसैगरी छलफलका लागि प्रचण्ड–नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका छन्।

हिजो बुधबारमात्रै प्रचण्ड तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले आज बिहीबार बस्ने स्थायी समितिको वैठकमा अपनाउने रणनीतिका बारेमा छलफल गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट