Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा एमालेकी उपाध्यक्ष भगवती खड्का महेश बस्नेतकी बहिनी

नेकपा एमालेकी उपाध्यक्ष भगवती खड्का महेश बस्नेतकी बहिनी


काठमाडौं, १८ असार । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेमा सत्तारुढ नेकपाका सांंसद महेश बस्नेतकी बहिनी उपाध्यक्ष रहेको खुलेको छ । सो दलको उपाध्यक्षमा गेलु १ रामेछापकी भगवती खड्कासँग प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वासका पात्र एवम् भक्तपुरबाट प्रतिनिधि सभामा बिजयी सांसद महेश बस्नेतले बहिनी बनाएर तिहारमा भाइटिका लगाउने गरेको श्रोतले बतायो । उनी रेस्लिङ खेलाडीसमेत हुन् ।

मोरङको विराटनगर महानगरपालिका ६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन आएको पुष्टि गरेका छन् ।

‘दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत विवरणसहित निवेदन परेको छ । उनीहरूको निवेदन दर्ता गरेर दल दर्ताका लागि आवश्यक काजगात जुटाउन ४५ दिनको म्याद पाएका छन्।

उनीहरूले पाँच सय जनाभन्दा बढीले दलमा आवद्ध हुने प्रतिवद्धता जनाएको हस्ताक्षर पनि आयोगमा पेश गरेका छन्।

उक्त पार्टीले झन्डाको नमूना पनि पेश गरेको छ। जसमा डाँडाको बीचबाट सूर्य उदाएको चिन्ह राखिएको छ। तर झन्डाको व्याख्या भने गरिएको छैन।

यही सन्दर्भलाई लिएर सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकोबारे जवाफ मागेका थिए।

सचिवालय सदस्य बामदेव गौतमले पनि केपी ओलीले पार्टी फुटाउनकै लागि नेकपा एमाले दर्ता गर्न लगाएको बताएका छन् भने अर्का सचिवालय सदस्य तथा बरिष्ठ नेता झलनाथ खनालले पनि नेकपा फुट्यो भने केपी ओलीकै कारण फुट्ने आशयको अभिब्यक्ति दिएका छन् ।

सत्तरुढ नेकपा भित्र केपी ओलीकै खटन र सिकायत अनुसार नै उनका बिश्वासिला पात्रहरुबाट नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिईएको हुन सक्ने आडकलबाजी गरिएको छ ।

को–को छन् पदाधिकारी ?

सन्ध्या तिवारी अध्यक्ष

भगवती खड्का उपाध्यक्ष

मनिष उपाध्याय महासचिव

अस्मिता सुनार

दावा लामा

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

यो पनि पढ्नुहोस् :

 

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन, नेकपामा खैलाबैला !


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस