Techie IT
×
गृहपृष्ठराजनीतिप्रम ओली मन्त्रीहरुसँग परामर्शमा, यस्तो सुझाव दिए मन्त्रीहरुले

प्रम ओली मन्त्रीहरुसँग परामर्शमा, यस्तो सुझाव दिए मन्त्रीहरुले


काठमाण्डौ, १७ असार । पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गरेका छन् । बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उनले केही मन्त्रीहरुसँग परामर्श गरेका हुन् ।

उनले आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी थिए ।

आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताए । प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताएको र विवाद छिटै मिल्ने उनको भनाई छ ।

हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुटेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस