Techie IT
×
गृहपृष्ठराजनीतिपाँच जना सदस्यले धारणा राखेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

पाँच जना सदस्यले धारणा राखेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं, १७ असार । पाँच जना सदस्यले धारणा राखेपछि सत्तारुढ नेकपाको बुधबारको स्थायी कमिटी बैठक सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ बजेदेखि बसेको थियो । बैठक दिउँसो १ बजे सकिएको हो ।

नेकपाभित्र पछिल्लो समय केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिनु पर्ने माग आएको छ । मंगलबारको बैठकमा बोल्ने अधिकाँश सबै स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु सदस्यहरू लीलामणि पोखरेल, मातृका यादव, एनके प्रसाईं र योगेश भट्टराईले बोलेका थिए। आमन्त्रित स्थायी समिति सदस्यहरू पेशल खतिवडा र नन्दु प्रसाईंले पनि आजको बैठकमा धारणा राखेका थिए।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे बस्ने छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस