Techie IT
×
गृहपृष्ठराजनीतिनक्सा जारी गरिसकेपछि मलाई सरकारबाट हटाउने खेल हुन थाल्यो : प्रम ओली

नक्सा जारी गरिसकेपछि मलाई सरकारबाट हटाउने खेल हुन थाल्यो : प्रम ओली

'म हटेपछि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन'


काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमिसहितको नक्सा जारी गरेपछि आफू नेतृत्वको सरकार ढाल्ने खेल तिब्र भएको बताएका छन्।

भारतले सन् १९६२ देखि अतिक्रमण गरिराखेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रका जनताको सम्बन्ध नै टुटाइएको बताउँदै उनले अब कुनै पनि हालतमा भूमि फिर्ता ल्याएरै छाड्ने बताए।

मदन भण्डारी फाउन्डेसनले आइतवार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री बनेर चीनसँग पारवहन सम्झौता गरेर आएपछि पनि हटाइयो। अहिले मिचिएको जमिन फिर्ता लिन खोज्दा के गाह्रो हुन्छ भनेको अहिले नै केपी ओलीलाई नहटाइ हुँदैन भनेर केही मान्छे लागेका छन्’, उनले भने, ‘यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनै पर्छ भने दिल्लीका सञ्चारमाध्यमले लेखिरहेका छन्, ती सञ्चारमाध्यम पक्कै पनि हेरिरहनु भएको होला।’

उनले आफ्नो सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको पनि दाबी गरे। ‘नक्सा जारी गरिसकेपछि मलाई सरकारबाट हटाउन अनेक खेल हुन थालेका छन्। होटलहरूमा भइरहेका भेटघाट र गतिविधि हेर्नुस्। एम्बेसीका गतिविधि हेर्नुस्। संविधानमा नक्सा छापे बापत सरकारबाट हटाउँछु भन्छ भने त्यो कसैले नसोचे पनि हुन्छ। नेपालको राष्ट्रियता त्यति कमजोर छैन।’

ओलीले जारी स्थायी कमिटी बैठकमा आफ्नो चर्को आलोचनामा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले त्यसका लागि कसैले हतारो नगर्न आग्रह गरे। ‘सरकार हटाउन कसैले पनि हतारो नगरे हुन्छ। कसैले पनि विभिन्‍न आग्रह नपाले पनि हुन्छ’, उनले भने, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन पनि मन छैन। म हटेपछि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन, बोले उसलाई भोलिपल्टै हटाउँछन्।’

उनले नेकपाको संसदीय दल पनि यस्तो खेलमा नलाग्ने विश्वास व्यक्त गरे। ‘हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता खेलमा लाग्‍ने वाला पनि छैन। हामीसँग जननेता मदन भण्डारीका विचारहरु छन्। अहिलेको संसदको दुईतिहाइ जति हिस्सा मदन भण्डारीको विचारले अगाडि बढेको छ’, उनले थपे, ‘भूलचुकबाट यो नक्सा छापेको होइन।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस