Techie IT
×
गृहपृष्ठराजनीतिपूर्व प्रधानन्यायधीशका विरुद्ध प्रधानमन्त्री किन यति धेरै असहिष्णु ?

पूर्व प्रधानन्यायधीशका विरुद्ध प्रधानमन्त्री किन यति धेरै असहिष्णु ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरु विरुद्ध आगो ओकलेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले आगो ओकलेका हुन ।

चार जना पूर्व प्रधानन्यायधीशले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारेका थिए ।

“न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?,” उनको प्रश्न थियो, “एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?” चारजना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एक विज्ञप्ति जारी गरेर शुक्रबार संसद् विघटनको धारा संविधानमा नभएको स्पष्ट पारेका थिए ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा ओली चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध आक्रोशित बनेका थिए । “कुन संविधानले भन्यो ?,” उनले भने, “हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनःस्थापना गर्दैन ।”

अदालतको विचाराधीन मुद्धामा मुलुकको प्रधानमन्त्रीले भने आफ्नो पक्षमा फैसला हुने भन्दै लगातार भनिरहेका छन् । उनले बोलेको कुरा चाहिं अदालतलाई प्रभाव पार्ने हुँदैन ? प्रश्न उनीतिर नै धेरै सोझिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस