Techie IT
×
गृहपृष्ठराजनीतिऊर्जामन्त्री टोपबहादुरको लोडसेडिङको तयारी !

ऊर्जामन्त्री टोपबहादुरको लोडसेडिङको तयारी !


काठमाडौं । सैद्धान्तिक र राजनीतिक रुपमा कुनै स्पष्ट दृष्टिकोण नभएका, ठोस जिम्मेवारी पूरा गर्न नसक्ने, गफै गरेर आफ्नो प्रशंशा गरिरहने र गुटको फेरो समातेर निरन्तर माथिल्लो पदमा पुगेका टोपबहादुर रायमाझीको पहिचान हो, लोडसेडिङको नेतृत्वकर्ता । यद्यपि उनी आफू नै लोडसेडिङको अन्त्य गर्ने हुँ भन्दै गुड्डी हाँक्न थालेका छन् । यसअघि उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री भएको बेला १८ घण्टासम्म लोडसेडिङ गराएर लोडसेडिङको कीर्तिमान राखेका उनै रायमाझी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको नेतृत्वमा पुनः आइपुगेका छन । रायमाझी ऊर्जाको नेतृत्व सम्हाल्न आएदेखि नै लोडसेडिङको झस्का दिएको छ । केही वर्षदेखि थन्किएका इन्भर्टर, बेट्रीको बिक्री ह्वात्तै बढ्न थालेको छ ।

काठमाडौं उपत्यकामा बेला न कुबेला झ्याप्प झ्याप्प बत्ती जान थालेको छ । प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धी कुनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरे पनि बत्ती दैनिक अवरुद्ध हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको हो कि भन्ने अनुमान सबैले गर्न थालेका छन् । केही दिनअघि यस बिषयमा धेरै चर्चा भएपछि प्राधिकरणले लोडसेडिङ तत्काल नहुने भनेर विज्ञप्ति नै जारी ग¥यो । तर, मन्त्री रायमाझीको निवासमा दिनहुँ हुने भीड र इन्भर्टर व्यापारीहरुको दौडधुपले जुनसुकै बेला लोडसेडिङको घोषणा हुने र तालिका सार्वजनिक हुनसक्ने अनुमान गर्न थालिएको छ ।

मन्त्रीका खास व्यक्ति मुकेश काफ्ले हुन । काफ्लेलाई हटाएर कुलमानलाई लैजान पार्टी अध्यक्ष प्रचण्डको प्रचण्ड दवावलाई समेत नमानेर काफ्लेलाई सो पदमा राखिरहे । इन्भर्टर, बेट्रीसहितको बिक्री, कृत्रिम लोडसेडिङको आतंक मच्चाइयो । ऊर्जामन्त्री भएकै बेलामा उनले ललितपुरमा आलिशान महल र बुटवलसहित धेरै ठाउँमा जग्गा, जायजेथा जोडेको विगतमा उनीसँग निकट रहेकाहरु खुलेआम भन्दै ंिहडेका छन् ।

‘केटाहरु हो ! सक्नेले खाने हो, रुदैं गुनासो गर्नेहरु अहिलेको राजनीतिमा आउने होइन, ठोक, कानुन मिलाएर, सेटिङ मिलाएर खाओ, एक्लै नखाओ, सा¥है गा¥होसा¥हो परेमा म छदैंछु’ भनेर आफ्ना निकट युवाहरुलाई उनले खानलाई प्रोत्साहन गर्ने गरेकाले दुई÷चार जना कार्यकर्ताहरु समेत समृद्धि भएको बताइन्छ । उनी ऊर्जामन्त्री भएपछि पहिला सेटिङमा लोडसेडिङ गर्ने मुकेश काफ्लेको मन्त्री क्वार्टरमा बाक्लै आउजाउ भएको समाचार स्रोतको दावी रहेको छ । मन्त्री रायमाझीसँग इन्भर्टर व्यापारीहरुले पुरानो इन्भर्टर बिक्री गर्ने वातावरण बनाउन आग्रह गरेको र मन्त्रीले पनि सकारात्मक जबाफ दिएको व्यापारीहरुले चर्चा गर्न थालेका छन् ।

कुलमानलाई प्राधिकरणमा ल्याउन नमानेका रायमाझीले त्यतिखेर पार्टी नेतृत्वसँग समेत झगडा गरेका थिए । कुलमानको समयावधि सकिएपछि मुकेश काफ्ले (जो नेपालको लोडसेडिङलाई १८घण्टासम्म पु¥याउने कार्यकारी हुन । उनले नै ठूला उद्योगपतीहरुलाई २४सैं घण्टा विद्युत उपलब्ध गराएर सर्वसाधारणलाई अन्धकारमा राखेका थिए) लाई बोकेर उनलाई पुनः कार्यकारी निर्देशक बनाउन धेरै ठाउँ पुगेका थिए । सर्वसाधारणको बिरोध हुन्छ भनेर काफ्लेलाई ल्याइएन । काफ्लेको टिमको रुपमा परिचित हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाइयो । अर्थात नेपाल विद्युत प्राधिकरणका हालका कार्यकारी निर्देशक शाक्य रायमाझी र काफ्लेको टिम अर्थात लोडसेडिङ गराएर व्यक्तिगत स्वार्थ पूरा गर्ने टिमका व्यक्ति मानिन्छन । शाक्य लोडसेडिङ अन्त्य गर्ने गृहकार्य सुरु भएपछि प्राधिकरणमा छायाँमा पारिएका थिए र उनी पलायन भएका थिए । कुलमानले प्राधिकरणको नेतृत्व लिएपछि शाक्य एनइए इन्जिनियरिङ कम्पनीमा सरुवा भएका थिए । उनी साञ्जेनको प्रमुख बने । त्यसको केही समयमै उनी बेतलबी विदा लिएर अफगानिस्तानको एउटा प्रोजेक्टमा कामका लागि गएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारणलाइनको प्रोजेक्ट डिजाइन टिममा पनि उनी संलग्न थिए । त्यही भएर एमसीसी पक्षधरहरु उत्साहित भएका छन र मन्त्री रायमाझीले एमसीसी कार्यान्वयन गर्ने भनेर उत्तेजक अभिब्यक्ति दिइसकेका छन् ।

अहिले स्वदेशी आयोजनाको उत्पादन निकै घटेको छ । आयोजनाको नियमित मर्मत गरेर उत्पादन बढाउन सक्ने ठाउँ भए पनि मर्मत गरिएको छैन । यो समयमा गत वर्ष पुस विद्युत प्राधिकरणका आयोजनाबाट दैनिक करीब ७७ लाख युनिट विद्युत उत्पादन हुने गरेकोमा यो वर्ष भने जम्मा ६९ लाख युनिट मात्रै विद्युत उत्पादन गर्ने गरिएको छ । प्राधिकरणको नेतृत्व नै असक्षम भएपछि र निहित स्वार्थ पूरा गर्ने बाटोमा क्रियाशील भएकाले यस्तो समस्या देखिन थालेको बताइन्छ । प्राधिकरणमा विद्युतको माग र आपूर्तिमात्रै अव्यवस्थित भएको छैन, उत्पादन समेत घटेको छ ।

यस्तै विद्युत चुहावट १५ प्रतिशत भन्दा तल झारिएकोमा त्यसलाई बढाएर २० प्रतिशत माथि पु¥याइएको छ । तथ्यांकमा १६ प्रतिशत जति मात्रै देखाएर २० प्रतिशतमाथि चुहावट गराइएको छ । कोरोनाका कारण चुहावट नियन्त्रणका गतिविधि गर्न नपाउँदा केही प्रतिशत चुहावट बढेको प्राधिकरण नेतृत्वले जानकारी दिएको छ । अर्थात कोरोनालाई देखाएर चुहावट बढाउने काम भएको छ । अर्कोतिर भारतबाट धेरै बिद्युत आयात गरेर चुहावट बढाउने लगायतका काम गरेर अहिलेको टिमले प्राधिकरणलाई टाट उल्टाउने षडयन्त्र गरिरहेको छ । गत वर्ष यही समयमा दैनिक ७० देखि ८० लाख युनिट विद्युत आयात गरिरहेको प्राधिकरणले अहिले दैनिक एक करोड युनिट भन्दा बढी विद्युत आयात गरिरहेको जनाएको छ । पछिल्लो दिनको तथ्याङ्कमा दैनिक एक करोड १० लाख युनिट भन्दा बढी विद्युत आयात गर्ने तर लोडसेडिङको तयारी गर्नाले पनि विद्युतमा कुन प्रकारले भ्रष्टाचार भइरहेको प्रमाणित गर्दछ ।

अर्कोतिर काठमाडौं उपत्यकामा विद्युतको माग गत वर्षभन्दा कम भए पनि नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्ने तयारी गरेर सबैलाई आश्चर्यमा पारेको छ । उपत्यकामा अहिलेसम्म विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम भए पनि प्राधिकरणले व्यवस्थापन गर्न नचाहेर अघोषित लोडसेडिङ हुन थालेको हो । विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार यो बर्ष पुसमा काठमाडौं उपत्यकामा विद्युतको अधिकतम दैनिक माग करीव ३७६ मेगावाट छ । जबकि गत वर्षको यही दिन विद्युत माग ४२४ मेगावाट थियो । यति हुँदा पनि झ्याप्प झ्याप्प बत्ती जानु आफैमा आश्चर्यसँगै षडयन्त्र हो ।

कोरोनाको संक्रमणको जोखिम रहेको भन्दै काठमाडौं महानगरपालिकासहितका केही स्थानीय तहले अझै शैक्षिक संस्था खोल्न दिएका छैनन । उनीहरूले अनलाइन कक्षाबाटै विद्यार्थीको पठन पाठन अघि बढाउन भनिरहे पनि प्राधिकरणले विद्युत आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना तथा मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । यसैगरी काठमाडौंमा होटलहरू पूर्णरूपमा सञ्चालनमा नआएकाले पहिले जति माग नबढेको हो । सबै व्यवसाय सञ्चालन हुने बित्तिकै लोडसेडिङको तालिका ल्याउनको लागि अहिले वातावरण बनाउने काम भइरहेको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस