Techie IT
×
गृहपृष्ठराजनीतिअहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री योगेश भट्टराई

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री योगेश भट्टराई


पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह भरतपुुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा पाार्टी काार्यकर्र्ता भेलामा उनले भने, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्र्माण गर्र्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गरे।

नेकपा प्रचण्ड–नेपाल समूहका नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस