Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

अहिलेको संविधान पूर्ण छैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन् ।

आज मङ्गलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको संविधान सम्झौताकै दस्तावेज भएकाले पूर्ण नरहेको बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताए । संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘अहिलेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्तावेज हो । यसमा पुँजीवादका विशेषता पनि छन्, समाजवादका विशेषता पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे । उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भई र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताए ।

प्रचण्डले आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको जिकिर गरे । समाजवादको जन्म अन्ततः सडकबाटै भएको उनको भनाइ थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट