कोविड–१९को नयाँ संस्करणका कारण साउदी अरब प्रवेशमा रोक
काठमाडौ ।साउदी अरबले कम्तीमा एक साताका लागि सबै प्रवेश नाकाबाट यात्रु आवतजावतमा प्रतिबन्ध लगाएको छ ।
अन्तर्राष्ट्रिय हवाई सेवा, जलसेवा र स्थलमार्गबाट हुने सबै नाकाबाट हुने प्रवेश निषेघ गर्ने आदेश त्यहाँको सरकारले दिएको छ । बेलायतमा पहिलो पटक नयाँ संस्करण देखिएपछि साउदी अरबले यस्तो निर्णय लिएको छ ।
युरोपेली देशहरूले एकपछि अर्को गरी बेलायत प्रवेश यात्रामा प्रतिबन्ध लगाउन थालेका छन ।साउदी प्रेस एजेन्सीले त्यहाँका गृहमन्त्रालयको औपचारिक स्रोतलाई उल्लेख गरी नयाँ कोरोनाको नयाँ संस्करणलाई द्रुतगतिमा फैलिन नदिन यो नियन्त्रण प्रयास गरिएको उल्लेख गरेको छ ।
स्थितिको अवलोकन गरी अर्को साताका लागि पनि यो बन्देज आदेश विस्तार गर्न सकिने उल्लेख गरिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार, स्वास्थ्य
ट्याग : #breaking
प्रतिक्रिया