Techie IT
×
गृहपृष्ठराजनीतिके के भने केपी र प्रचण्डले आजको वैठकमा ?

के के भने केपी र प्रचण्डले आजको वैठकमा ?


नारान उपाध्याय

१० असार, काठमाडौं । वहुप्रतिक्षित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको दावी गरे । सरकारले राम्रो काम गरेको भए पनि पार्टीबाट नै सहयोग नगरेको उल्टो प्रतिपक्षको भूमिका खेलेको बताए । कोभिड–१९ र देशको नयाँ नक्सा जारीमा महत्वपूर्ण कार्य गरेको बताए । कोभिड–१९ मा सरकारले समयमा नै सही निर्णय गरे पनि विदेश खासगरी भारतबाट घर आएका संक्रमित नेपालीको सही व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो परेको र यसमा छिमेकीबाट पनि सहयोग नभएको बताएका थिए ।

सरकार दुई तिहाइको निकट पुग्नमा पार्टी एकता खासगरी यसमा आफू र प्रचण्डको साहसिक भूमिकाले काम गरेको भनिरहदा बीचैमा माधवकुमार नेपालले यसमा आत्मप्रशंशा नगर्नुस, यसमा अरुहरुको पनि भूमिका छ भनेपछि आफ्नो पालामा बोल्दा यसबारेमा जवाफ दिन भनेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भनेका थिए ।

अर्का पार्टी अध्यक्ष प्रचण्डले पार्टी र सरकारको समीक्षा गर्ने बेला भएको बताउँदै यही अवस्था रहेमा आगामी निर्वाचनमा पार्टी निकै कमजोर हुने चिन्ता व्यक्त गरे ।

पार्टी पार्टी नभएर गुट भएको बताउँदै एकको अस्तित्व अर्काले नस्वीकार्ने र एकले अर्काेलाई निषेध गर्न खोज्दा पार्टी र सरकार दुवै कमजोर भएको उनको स्वीकारोक्ति थियो । उनले अहिले पार्टी नभएर गुटहरुको मोर्चा जस्तो भएको बताएका थिए ।

अहिलेको अवस्था आउनमा मुख्यतः नेतृत्व नै बढी दोषी रहेको बताउँदै अध्यक्ष प्रचण्डले यसमा विदेशी शक्तितिर देखाएर आफ्ना कमजोरी लुकाउन नहुने जनाए ।

आलोपालो प्रधानमन्त्री हुने पूर्व सम्झौता आफूले छाडेर गल्ती भएको बताउँदै प्रचण्डले आफूले गरेको त्यागलाई केपी ओलीले कमजोरी ठानेर झन् एक्लै हिड्न थालेकोमा विरोध गरे ।

नेतृत्वले त्याग गरेर अगाडि जाँदा नै पार्टी, सरकार अगाडि बढ्ने भन्दै सबै स्थायी समिति सदस्यलाई खुलेर वैठकमा आफ्ना कुरा राखेर जान आग्रह गरे ।

बैठकका अजेन्डा

१ वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन।

२ कोभिड ( १९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा।

३ नेपालको सीमा समस्या र समाधान सम्बन्धमा।

४ सरकारको कामको समग्र समीक्षा सम्बन्धमा।

५ पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।

६ एममसीसीका सम्बन्धमा।

७ विविध।

क रूकुम घटना

ख नागरिकता विधेयक

अर्को बैठक १२ गतेका लागि बोलाइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस