Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

राप्रपाले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझायो ४० बुँदे मागपत्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ । आजदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले नयाँ सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजान माग गरेको बताए।

४० बुँदे मागलाई लिएर शान्तिपूर्ण आन्दोलन गर्ने तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउने लिङ्देनको भनाइ छ । राप्रपाले राजतन्त्र पुनःस्थापनाका लागि भन्दै आजदेखि काठमाडौं सहित देशव्यापी आन्दोलन शुरु गरेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट