Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री, सभामुख लगायत सबै दलका नेतालाई राष्ट्रपतिले किन डाकिन् शीतल निवास ?

प्रधानमन्त्री, सभामुख लगायत सबै दलका नेतालाई राष्ट्रपतिले किन डाकिन् शीतल निवास ?


काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छिन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरूलाई भेटघाटका लागि बोलाएको जानकारी दिए । उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीन–चार महिना नै भेट भएको थिएन ’’, उनले भने, “सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनुभएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस