Techie IT
  • २०८० फागुन ११, शुक्रबार

एमाले अध्यक्ष ओलीले पकाए दोलालघाटमा माछा


काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको दोलालघाटमा माछा पकाएका छन् । इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट माछाको लागि प्रख्यात छ।

पार्टीले संचालन गरेको सङ्कल्प यात्राका क्रममा यहाँ आइपुगेका ओलीले सोमबार माछा पकाएका हुन् ।

उनले माछा पकाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनको छेवैमा श्रीमती राधिका शाक्य, नेताहरु शंकर पोखरेल, ईश्वर पोखरेल लगायत कार्यकर्ताहरु पनि माछा तारेको चासोपूर्ण तरिकाले हेरिरहेको देखिन्छ । उनले लेखेका छन्, ‘यहाँको व्यापार व्यवसायबारे थोरै कुराकानी भयो । माछा खान आउनेहरू यहाँ धेरै भेटिन्छन् । यात्राको क्रममा हामी दोलालघाट ओर्लियौं, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट