Techie IT
  • २०८० फागुन ११, शुक्रबार

सैन्य सन्धि भएका देश बाहेक अन्यत्र सेनामा भर्ना गर्ने सरकारको नीति छैन : परराष्ट्रमन्त्री साउद


काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धि भएका देशहरु बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको बताएका छन् । शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले रुस–युक्रेन युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए । उनले कुनै पनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए ।

उनले रुस जाने र सेनामा भर्ती हुने धेरैजसो विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए । उनले जुन प्रयोजनले गएको हो त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर ‘एनओसी’ लिनुपर्ने प्रबन्ध मिलाइएको बताए ।

उनले भने, ‘रुसमा नेपालीहरु भर्ना भएको सन्दर्भमा पनि केही साथीहरुले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरु हताहत भएको बारेमा रुस सरकारले हाम्रो राजदूतावाससँग ‘कन्भर्सेसन’ गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धि भएका देशहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । युद्धमा मारिएका जो दिवंगत व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता गर्नको लागि तथा पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ ।’

मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरुलाई फर्काउन रुस सरकारका अधिकारीहरुसँग कुराकानी गरेको पनि बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट