Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउने


अत्तरिया, २१ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने  कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न  प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लागेका हुन्।

सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम निश्चित भएको बताए ।

अध्यक्ष कुँवरले भने, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य सङ्घले पनि यसक्षेत्रका  व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछ ।’’

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिए । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका  मागहरुको बारेमा जानकारी गराउने सङ्घको तयारी छ ।

महोत्सव १० दिनसम्म चल्नेछ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था सङ्घले मिलाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट