Techie IT
  • २०८० मंसिर २६, मंगलबार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


काठमाडौं । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरूले शान्ति सम्झौताका बाँकी काम छिटो टुंग्याउने सहमति जनाएको बताइएको छ । मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट