Techie IT
×
गृहपृष्ठराजनीतिसरिता गिरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

सरिता गिरीलाई पार्टीले सोध्यो स्पष्टीकरण


काठमाडौँ, ८ असार । सरकारले ल्याएको संविधान संशोधनको विरोधमा उभिएकी समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधनका लागि सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिएकी सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताए।

सांसद गिरीको विषयमा छलफल गर्न सोमबार पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए । गिरीको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उनले बताए । सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि सांसद गिरीले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

तर समाजवादी पार्टीका संसदीय दलले प्रस्ताव फिर्ता लिन लिन निर्देशन दिएको थियो । फिर्ता नलिए दलले कारबाही गर्न बाध्य हुने पनि भनेको थियो तर सांसद गिरीले प्रस्ताव फिर्ता लिइनन् । पार्टी तथा संसदीय दलले दिएका निर्देशनविपरीत सांसद गिरीले काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको पार्टीले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस