माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्पताल भर्ना

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्य अस्पताल भर्ना भएका छन् ।
पार्टीको रुपान्तरण अभियानका लागि अछाममा खटिएका उनी एकाएक बिरामी परेपछि हेलिकोप्टरबाट आज बिहान बाँकेको कोहलपुर मेडिकल कलेज ल्याइएको हो ।
कोहलपुर मेडिकल कलेजमा उनको स्वास्थ्य परीक्षण भइरहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए ।
उनले भने, ‘एक्कास्सि स्वास्थ्यमा समस्या आएपछि अछामको बयलपाटा अस्पतालमा चेकजाँच गराउँदा त्यहाँ आवश्यक उपकरण नभएपछि कोहलपुर रेफर गरियो । अहिले कोहलपुर ल्याएर परीक्षण भइरहेको छ । रिपोर्ट आएपछि मात्रै के भएको हो थाहा होला ।’
तपाईको प्रतिक्रिया दिनुहोस