संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानमा लाग्न जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौं, ५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने उनले बताए ।
पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगती हटाउन सहज हुने उनको धारणा थियो। राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे।
दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसुची रहेको बताए। उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सुचीकरण गरेको पनि जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस