Techie IT
  • २०८० मंसिर २५, सोमबार

प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी प्रतिनिधिमण्डलको नाम सार्वजनिक


काठमाडौं, ४ असोज । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने चीन भ्रमणमा सहभागी प्रतिनिधिमण्डलको नाम सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उक्त भ्रमणदलमा सहभागी हुनेहरूको नाम सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही सेप्टेम्बर २३ देखि ३० तारिखसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दैछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, खानेपानीमन्त्री महिद्राराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनेछन् । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँगै अन्य वरिष्ठ सरकारी अधिकारी तथा व्यवसायी समुदायका प्रतिनिधिहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट