Techie IT
  • २०८० मंसिर २४, आइतबार

संविधान दिवसको अवसरमा भक्तपुरमा माओवादीको भव्य कार्यक्रम, जनता भए खुशी


भक्तपुर । नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमी नगरसमितिको आयोजनामा वडा नं ६ स्थीत दुईपोखरी (निगु पुखु) र बालकुमारी मन्दिर प्रांगणमा बुधवार सरसफाई सहित दिप प्रज्वलन गरेर भव्य कार्यक्रम सम्पन्न भएको छ ।
‘जन जनमा माओवादी मनमनमा माओवादी’ भन्ने नारा सहित माओवादी पार्टीले चलाएको तीन महिने ‘बिशेष रुपान्तरण अभियान’ अन्तर्गत संविधान दिवसको अवसर पारेर उक्त कार्यक्रम गरिएको नगर समितिका इन्चार्ज साथै थिमी नगरपालिकाका उपप्रमुख बिजय श्रेष्ठले बताए । 

कार्यक्रममा भक्तपुर जिल्लाका अभियान को–ओडिनेटर साथै केन्द्रीय सदस्य केशव नेपाल सहित पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, भक्तपुर जिल्ला संयोजक, वाईसिएलका नगर इन्चार्ज, अनेमसंघ नगर इन्चार्ज, प्रेस सेन्टरका नगर इन्चार्ज, वडा अध्यक्षहरु, सयौं नेता कार्यकता साथै स्थानीय जनताको पनि उपस्थिती रहेको थियो ।

अभियान को–ओडिनेटर नेता नेपालले माओवादी पार्टीले जनताको अपेक्षा अनुसार काम गर्दै मनमनमा बस्न थालिसकेको बताए । उनले, भ्रष्टाचारीहरुलाई जेल हालेर देशको विकास गर्ने पार्टी माओवादी नै हाे भन्ने  विश्वास जनतामा भएकोले अबको निर्वाचनमा माओवादीले  जनताको बहुमत पाउने विश्वास आफुले अभियानका क्रममा पाएको बताए ।

दिप प्रज्वलन गर्नुअघि कार्यक्रममा उपस्थित माओवादी नेता कार्यकर्ताले पोखरी साथै मन्दिर वरपर सरसफाई गरेका थिए । माओवादीले सरसफाई सहित दिप प्रज्वलन गरेकोमा स्थानीय जनता खुशी देखिन्थ्ये । स्थानीय जनता पनि कार्यक्रममा सक्रिय रुपमा सहभागि भएर कार्यक्रममा ऐकेबद्धता जनाएका थिए ।

मध्यपुर थिमी नगरपालिका वडा नं ६ माओवादी केन्द्रको उपत्यका भित्र नै  एउटा आधार क्षेत्रको रुपमा रहेको शहर हाे । गएको स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट एकल उमेदवारी दिएर वडा सदस्यमा तुल्सीराम प्रजाापति निर्वाचित भएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट