Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

गठबन्धनबाट हाम्रो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको छः माधव नेपाल


काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए ।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे ।

उनले मुलुक अत्यन्तै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट