Techie IT
  • २०८० असोज १७, बुधबार

जनयुद्धले नेपाली महिलाहरुको हक र अधिकारलाई स्थापित गरेको गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री सिंखडाको भनाई


गोरखा, ३१ भदौ । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले जनयुद्धले नेपाली महिलाहरुको हक र अधिकारलाई स्थापित गरेको बताएकी छिन । 

गोरखाको भीमसेन थापा गाउँपालिकाले तीज पर्वको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त भएका महिलाहरु हक अधिकार र समानताका सवालहरु जनयुद्ध जगमा प्राप्त भएको बताइन।

‘वर्तमान संविधानमा महिला, दलित, पिछडिएका बर्ग समुदायहरु सबैको हक अधिकारहरु स्थापित भएका छन्, मन्त्री सिंखडाले भनिन, ‘‘जनयुद्धको जगमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएकाले यी सबै अधिकार प्राप्त हुनु जनयुद्धको महत्वपूर्ण भूमिका हो ।’’

मन्त्री सिंखडाले जनयुद्धमा महिलाहरुको सहभागिताले महिला अधिकार र देशको आमूल परिवर्तनका लागि भूमिका समेत उत्तिकै बलिदानीपूर्ण भएको उल्लेख गरिन । ‘‘आज महिला र पुरुषको समान सहभागिता परिवर्तनबाट सम्भव भएको हो, उनले भनिन, ‘‘राज्यका हरेक अङ्गमा, राज्यका हरेक क्षेत्रमा महिलाहरुको नेतृत्व स्थापित हुने कुरालाई कम आँक्नुहुँदैन ।’’

गण्डकी प्रदेश सरकारको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा जनताले अनुभूति गर्ने गरी योजनाबद्ध ढङ्गले काम गरिरहेको उनले बताइन । ‘‘देशले एउटा राजनीतिक परिवर्तन गरी नयाँ ढङ्गले अगाडि बढिसकेको अवस्थामा अबको कार्यभार विकास र समृद्धिको कार्यभार हो, उनले भनिन, ‘‘प्रदेश सरकार सबै ढङ्गबाट प्रदेशका जनताले अनुभूत गर्ने गरी परिवर्तनको दिशामा अगाडि बढिरहेको छ ।’’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट