Techie IT
  • २०८० असोज ७, आइतबार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङद्वारा पार्टी परित्यागको घोषणा


काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुङ्गो।’ उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।  उनले केन्द्रीय समितिले कार्य विभाजनमा असन्तुष्टि जनाएको बताइएको छ। एकीकृत समाजवादीले बिहीबार नेताहरुको कार्यविभाजन हेरफेर गरेको थियो।

गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ। यादवले आफूलाई फोन गरेर गुरुङले पार्टी छाडेको बारेमा जानकारी बताएका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट