Techie IT
  • २०८० असोज ७, आइतबार

सुवास नेम्वाङको सम्झना गर्दै कमलामाई १४ मा श्रमदान


सिन्धुली । माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी’ अभियान अन्तर्गत आज सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा संविधानसभाका अध्यक्ष सुवासचन्द्र  नेम्वाङको सम्झनामा एक मिनेट मौनधारण गरेर विना ब्यानर, झण्डा श्रमदान गरिएको छ ।

श्रमदानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्लाका अभियान प्रमुख महेश्वर दाहाल, बागमती प्रदेश सांसद तथा पार्टीको प्रदेश सदस्य सुष्पा भुजेल, कमलामाई नगरपालिकाका अध्यक्ष शेरबहादुर कार्की, स्थानीय नेता क. झ्याउला, क. मदन लगायतको सहभागिता थियो ।

श्रमदान लगत्तै भएको संक्षिप्त सभालाई सम्बोधन गर्दै जिल्ला अभियान प्रमुख दाहालले श्रम संस्कृतिलाई समाजमा स्थापित गर्नुपर्ने, जनताको प्राथमिकतालाई केन्द्रमा राखेर योजना छनौट गर्नुपर्ने, पहुँचका आधारमा विकास निर्माण गर्न नहुने, जनपरिचालनसहितको विकास मोडालिटीलाई अगाडि बढाउनुपर्ने धारणा राखे । 

यहाँस्थित खिरखिरे खोलाले मानव वस्ती नै बगाउने जोखिम रहेको र स्थानीय जनता त्रासमा रहेको समस्यालाई माओवादी केन्द्र, माओवादी केन्द्रका जनप्रतिनिधिहरू  र जनता मिलेर हरतरहले समाधान गरिने प्रतिबद्धता समेत अभियान प्रमुख महेश्वर दाहालले व्यक्त गरे ।

माओवादी केन्द्रले भाद्र १६ गते अभियानको उदघाटनका क्रममा यस क्षेत्रमा एक सयवटा विरुवा वृक्षारोपण गरिएको थियो । प्रदेश सांसद सुष्पा भुजेल, कमलामाई नगरपालिकाका अध्यक्ष शेरबहादुर कार्कीको पहलमा भएको वृक्षारोपणको महेश्वर दाहाल लगायतका नेताले निरीक्षण गरेका थिए ।

हाल क. झ्याउला, क मदनसहितका स्थानीय नेता र जनताले विरुवाको राम्रो संरक्षण गरेको देखिएकोमा अभियान प्रमुख दाहालले खुशी व्यक्त गरे ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट