Techie IT
  • २०८० असोज ७, आइतबार

खर्च घटाउन प्रधानमन्त्री कार्यालयमा मकै र मोही खाजा खान्छौं : हरिबोल गजुरेल


प्रमका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री निवासका वैठकमा खर्च घटाउन खाजा भुटेको मकै र मोही खाएर मितब्ययिताको व्यावहारिक कार्यान्वयन गरेको जानकारी दिए । उपमहासचिव समेत रहेका गजुरेलले माओवादीले नेतृत्व गरेर ल्याएको यो परिवर्तनलाई हामीले नबचाए कसैले नबचाउने धारणा राखेका थिए ।

कमलामाई, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा लड्दा यदि सरकार छाड्नुपरे पनि छाड्ने बताए ।

कमलामाई नगरपालिकाको ८, ९, १०, १३ र १४ वडाको संयुक्त पदाधिकारी वैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।

निरंकुश पञ्चायतका विरुद्ध लड्दा २०३७ सालमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगरले शहादत प्राप्त गरेको यो ठाउँमा कम्युनिस्ट आन्दोलन र संगठनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा अन्तरक्रिया भएको थियो ।

पार्टीलाई एकताबद्ध र नेतृत्व केन्द्रीकरण गर्ने हो भने माओवादी केन्द्र अहिले पनि सिन्धुलीमा सबैभन्दा बलियो पार्टी हुने उपमहासचिव गजुरेलको जोड थियो ।

२०५२ साल अगाडि पनि माओवादी प्रभावका हिसावले निकै बलियो भएको स्मरण गर्दै उपमहासचिव गजुरेलले भने, हामीले उत्पीडित वर्गसँगको सम्बन्धलाई यो अभियानका क्रममा सुदृढ गर्नुपर्नेछ ।

संयुक्त वैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्लाका अभियान प्रमुख महेश्वर दाहालले माओवादीमा कर्म र शब्दबीचको अन्तरविरोध हुनु हुँदैन, क्रान्तिकारी विचार, वर्गआधार, आदर्शलाई जुनसुकै राजनीतिक परिवेशमा पनि छाड्नु हुँदैन भने ।

बागमती प्रदेशका सांसद तथा प्रदेश सदस्य सुष्पा भुजेलले वडाले विकासका योजना जनताको प्राथमिकतासँग जोडेर संस्थागत रुपमा ल्याएमा आफूले त्यसको लागि सक्रियतापूर्वक रुपमा लाग्ने धारणा राखिन ।

पार्टीका केन्द्रीय सल्लाहकार रसबहादुर कार्की, जेष्ठ नागरिक मञ्चका सदस्य इन्द्र ढुंगेलको समेत आतिथ्यतामा भएको संयुक्त वैठकको कमलामाई नगरपालिकाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षता र सञ्चालन वडा नम्बर १० का पार्टी अध्यक्ष दिनेश न्यौपानेले गरेका थिए । जिल्ला अभियानका संयोजक राधा तिमल्सिनाको पनि उपस्थिति थियो ।

आज विहान नै कमलामाई-५ को वडा कमिटीको विस्तारित वैठक र प्रशिक्षण सिलामेमा वडा अध्यक्ष भक्तनारायण श्रेष्ठको अध्यक्षता र सञ्चालनमा भयो ।

प्रमका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री निवासका वैठकमा खर्च घटाउन खाजा भुटेको मकै र मोही खाएर मितब्ययिताको व्यावहारिक कार्यान्वयन गरेको जानकारी दिए । उपमहासचिव समेत रहेका गजुरेलले माओवादीले नेतृत्व गरेर ल्याएको यो परिवर्तनलाई हामीले नबचाए कसैले नबचाउने धारणा राखेका थिए ।

सिन्धुली अभियानका प्रमुख महेश्वर दाहाल, बागमती प्रदेश सांसद सुष्पा भुजेल, बागमती प्रदेश सदस्य जानुका तिमल्सिना, कमलामाई प्रदेशका सचिव चन्द्र गौतम लगायतले बोलेका थिए ।

जिल्ला अभियानका संयोजक राधा तिमल्सिनाको पनि सो कार्यक्रममा उपस्थिति थियो ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट