युवा अधिवक्ता किरण कार्की माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । युवा अधिवक्ता किरण कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्कीलाई माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन् ।
प्रचण्डले नेतृत्व गरेको पार्टीले जनतालाई उज्ज्वल भविष्य र इतिहासलाई न्याय दिन सक्षम हुने विश्वास साथ आफू माओवादी केन्द्रमा प्रवेश गरेको कार्कीको भनाई छ ।
पेशागत रूपमा उनी अन्तर्राष्ट्रिय सम्बन्ध, वकालत, मानव अधिकार, द्वन्द्व व्यवस्थापन, आपतकालिन रमुख्य रूपमा कूटनीतिक क्षेत्रमा दक्खल राख्छन् । उनले एसिया (नेपाल, भारत, थाइल्यान्ड र म्यानमार), मध्यपूर्व (सिरिया, लिबिया, इराक, ट्युनिस र जोर्डन), पूर्वी अफ्रिका (केन्या, सुडान र रुवाण्डा) र युरोप (जेनेभा र अंकारा) जस्ता विभिन्न क्षेत्रहरूमा एक दशकभन्दा बढी समय संयुक्त राष्ट्र संघमा आवद्ध भएर काम गरेका छन् ।

किरण आफ्नो सक्रियतामा अडिग रहने परिणामुखी युवा अधिवक्ता हुन् । उनले लण्डन, संयुक्त अधिराज्यबाट कानून र अन्तर्राष्ट्रिय सम्बन्धको डिग्री हासिल गरेका छन् । नेपाली, अंग्रेजी, हिन्दी र उर्दूमा पोख्त ज्ञान भएका किरण अरबी, फ्रेन्च र स्पेनिस भाषामा समेत जानकार मानिन्छन् ।
सामाजिक न्यायको मुद्दा उठान गरेको कारण उनी माओवादी केन्द्रप्रति सहानुभूति राख्दै आएका थिए । संसारमा बिरलैदेखिने क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेका कारण किरण प्रचण्डको चामत्कारिक नेतृत्वबाट आकर्षित थिए ।
उनी परिवर्तनप्रति अडिग विश्वास भएका किरणसँग क्रान्तिकारी चेत छ । उनी चे ग्वेराको विचारधाराले मार्क्सवाद–लेनिनवाद र साम्राज्यवाद विरोधीलाई आधारभूत तत्वको रूपमा लिएको अवधारणाबाट प्रभावित छन् ।

देशको कार्यकारी तहमै पुगेर समाजसेवा मार्फत राष्ट्र रुपान्तरणको अभियान आफ्नो लक्ष्य भएको बताउँदै उनले त्यसको सुरुवात कुटनीति, विदेश मामिला र अन्तराष्ट्रिय सम्बन्धबाट गर्न चाहेको समेत बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस