सिन्धुलीको च्याङकोटका जनतासँग माओवादी

सिन्धुली, २७ भदौ । ‘जनतासँग माओवादी’ तीनमहिने अभियान अन्तर्गत माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र अभियानका सिन्धुली को–अर्डिनेटर महेश्वर दाहाल सहितका अभियानकर्मीहरू बुधबार कमलामाई नगरपालिका ४ का विभिन्न घरबस्तीमा पुगेका छन् ।
स्थानीय च्याङकोट सिद्धबाबाका जनताको घरदैलोमा पुगी उनीहरूका समस्या, सुझाव र आलोचना सुनेका नेताहरूले कार्यकर्तासँग सन्ध्याकालीन अन्तरक्रिया समेत गरेका छन् । त्यसक्रममा समर्थक र कार्यकर्ताले पार्टीले आधारभूत वर्गको मुद्दा छाडेर विरोधी वर्गसँग मितेरी लगाएको त होइन? भन्ने प्रश्न गरेका थिए । जसबारे नेताहरूले शालिनतापूर्वक प्रष्ट पारेका थिए ।
स्थानीय किसान राजकुमार रोकाले माओवादीमा समेत भनाइ र गराइमा अन्तर देखिएको र किसानलाई नभई नहुने मलमा समेत कालोबजारी भएको गुनासो गरे । कमलामाई नगरपालिकामा जस्तो सुगम ठाउँमा त यो अवस्था छ भने दूरदराजका गाउँमा के होला ? अर्का किसान एवम् टोल सुधार समितका अध्यक्ष खड्गबहादुर रोकाले प्रश्न गरे ।
च्याङकोटका किसानले किनेको रासायनीक मलमा समेत कालोबजारी गरिएको गुनासो गरेका थिए । यस वर्ष माओवादी नेतृत्वको सरकारले समयमै देशैभरि मल उपलब्ध गराए पनि वितरण प्रणाली नमिल्दा कृत्रिम अभाव सिर्जना गरेर कालो बजारी भएको छ ।
स्थानीय किसान राजकुमार रोकाले माओवादीमा समेत भनाइ र गराइमा अन्तर देखिएको र किसानलाई नभई नहुने मलमा समेत कालोबजारी भएको गुनासो गरे । कमलामाई नगरपालिकामा जस्तो सुगम ठाउँमा त यो अवस्था छ भने दूरदराजका गाउँमा के होला ? अर्का किसान एवम् टोल सुधार समितका अध्यक्ष खड्गबहादुर रोकाले प्रश्न गरे ।
नेताहरूले भने मल जस्ता सरोकारका सबै बस्तु वितरणको निगरानी र नियन्त्रण जनता स्वयंले सक्रियतापूर्वक गरेमात्रै व्यापारी पनि सच्चिन वाध्य हुने र आफूहरूको त्यसमा पूर्ण साथ रहने बताए । ‘किसान र श्रमजीवी जनताबाट टाढा भयौं, त्यसकारण हामीसँग रिसाउनुभयो । तर, अब तपाईं जनतासँग एकाकार हुँदै अगाडि बढ्ने प्रतिबद्धताका साथ हामी घरदैलोमा आएका हौँ,’ उपमहासचिव हरिबोल गजुरेलले भने ।
संगठनमा नै शक्ति हुने भएकाले श्रमजीवीहरू स्वयं नै अधिकार प्राप्ति र अन्यायविरूद्ध संगठित भएर लाग्नुपर्ने, त्यसको अग्रमोर्चामा रहेर आफूहरूले साथ दिने विश्वास जिल्लाका अभियान प्रमुख को–अर्डिनेटर महोश्वर दाहालले दिलाए।
अभियान अर्न्तगत हिजो सिन्धुलीको कमलामाई न.पा. वडा नं. ४ ढुंग्रेबासमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस