Techie IT
  • २०८० असोज ७, आइतबार

आधारभुत बर्गमा पार्टीको सम्बन्धलाई सुदृढ गर्नका निम्ति गाउँगाउँमा विशेष ढंगले लाग्नुपर्छ : हरिबोल गजुरेल


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने विशेष अभियान अर्न्तगत सिन्धुली जिल्लाको कमलामाई न.पा. वडा नं. ४ ढुंग्रेबासमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले आधारभुत बर्गमा पार्टीको सम्बन्धलाई सुदृढ गर्नका निम्ति गाउँगाउँमा विशेष ढंगले लाग्नुपर्ने बताएका छन् । उनले ‘हामीले हाम्रो बर्गको पहिचान नगर्दा माओवादी कमजोर भएको र उत्पीडित र उपेक्षित बर्गसँगको सम्बन्धलाई गाढा बनाउँदा हामी बलियो हुने’ बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रचार विभागका सह इन्चार्ज तथा सिन्धुली जिल्लाका अभियानका कोअर्डिनेटर महेश्वर दाहालले विकास, संस्कृति र आदर्शलाई स्थापित गर्न सकेमा माओवादी बलियो हुने बताए । सिन्धुली जिल्लामा जनतासँग जोडिने, कार्यकर्तालाई उत्पादनमा आत्मनिर्भर बनाउने र किसान र श्रमिक बर्गको अवस्थालाई बदल्न माओवादी सक्रिय हुनुपर्ने कुरामा जोड दिए  ।

माओवादी केन्द्रका बागमती प्रदेशका सदस्य जानुका तिमिल्सीना, बागमती प्रदेश सदस्य सीमा, चित्रनारायण श्रेष्ठको जीवन संगिनी सावित्री श्रेष्ठ, स्थानीय नेता नारायण श्रेष्ठ लगायतले माओवादीको रुपान्तरणमा जोड दिए । 

उक्त कार्यक्रममा बागमती प्रदेश सांसद सुष्पा भुजेलको समेत सहभागिता थियो ।

जनयुद्धको क्रममा बेपत्ता पारिएका चित्रमान श्रेष्ठको निवासमा सम्पन्न विस्तारित बैठकले तीन महिना अभियानका लागि टोल–टोलमा जानका लागि कार्य विभाजन समेत गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट