Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको छः मन्त्री श्रेष्ठ


सिन्धुली, २६ भदौ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विकास र समृद्धिको बाटोमा तिव्र गतिले लाग्नुपर्ने बताएका छन् ।

मंगलबार सिन्धुली उद्योग बाणिज्य संघको ३३ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तिव्र गतिमा लाग्नुपर्ने बताएका हुन् ।

उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताए। 

मन्त्री श्रेष्ठले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए । उनले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने पनि बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपील समेत गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गरे । मरिण, कमला र चदहा नदी नियन्त्रण गरि खेतीयोग्य उर्वर जमिन उकास गर्ने, सिंचाइको व्यवस्था गर्ने र ती क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा विकास गरि जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने  उनले बताए । उनले बागमती प्रदेश सरकारले कृषि पकेट क्षेत्रको अवधारणा ल्याएको जानकारी दिदैँ चाँडै पकेट क्षेत्रहरू घोषणा गरि आधुनिक र व्यवसायीक कृषि उत्पादन सुरु गर्ने बताए । 

महाभारत क्षेत्रमा अर्गानिक तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरि व्यवसायीक उत्पादनमा जोड दिन तरकारी एम्बुलेन्सको अवधारणासहित बागमती प्रदेश सरकारले योजना बनाइरहेको पनि मन्त्री श्रेष्ठले बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट