Techie IT
  • २०८० असोज १७, बुधबार

सुवास नेम्वाङको निधनको शोकमा समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित


काठमाडौं, २६ भदौ । समाजवादी मोर्चाले मंगलबार गर्ने भनिएको सुदूरपश्चिम प्रदेशको सन्देशसभा स्थगित भएको छ।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि सन्देशसभा स्थगित गरिएको नेकपा (एकीकृत समाजवादी)की सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन्।

आजको सभामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सी सहितलका नेताले सम्बोधन गर्ने तयारी थियो।

गत असार ४ गते घोषणा गरिएको मोर्चाले अहिलेसम्म गण्डकी, मधेस, लुम्बिनी, बागमती, कोसी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवा)दी र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट