सुवास नेम्वाङको निधनको शोकमा कांग्रेसको 'बिपी साहित्य महोत्सव' स्थगित

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले ‘बिपी साहित्य महोत्सव’ स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको ‘बिपी साहित्य महोत्सव’ स्थगित भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले ‘बिपी साहित्य महोत्सव’का आज (मङ्गलबार) का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहेका नेकपा (एमाले) का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो ।
महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस