पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

विराटनगर, २५ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षसम्म यही गठबन्धन चल्ने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरेका हुन्। ‘पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’प्रचण्डले भने ।
उनी कोसी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन आएका हुन् । सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, ब्यानर र प्रचार सामग्रीमा भने ‘कोसी’नाम उल्लेख नगरिकन प्रदेशस्तरीय सन्देशसभा मात्रै लेखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस