Techie IT
  • २०८० असोज १७, बुधबार

मुगुका ४४ वटै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालन


जुम्ला । नेकपा माओवादी केन्द्र मुगुले जिल्लाका ४४ वटै वडामा एकसाथ जनतासँग माओवादी विशेष तीने महिने रुपान्तरण अभियानको उद्घाटन गरेको छ । यो अभियान अन्तर्गत मुगु पार्टीका सबै नेताहरू वडावडामा पुगेर भव्यरुपमा यहाँका चारवटा स्थानीय तहका ४४ वटै वडाको शनिबार उद्घाटन भएको मुगु जिल्ल्ला इन्चार्ज गोमा गौतम (कुँवरले)  जानकारी दिए ।

अभियानका क्रममा मुगुका गाउँ वस्ती र जनताको घरघरमा जाने र जनताका कुरालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको पार्टी इन्चार्ज गौतमको भनाइ छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा मुगुका सबै वडामा  अन्तरक्रिया,देउडा नाच अन्य कार्यक्रम गरेर उद्घाटन भएको मुगु इन्चार्ज गौतमको भनाइ छ । गाउँबाट उदाएको माओवादी जनातको मुद्धा लिएर फेरी गाउँ पसेको छ ।जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास रहेको छ । माओवादी केन्द्रले अभियानको नारा घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा अभियानको उद्घाटन गरेका थियो ।


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट