Techie IT
  • २०८० असोज १७, बुधबार

कर्णालीका सम्भावनालाई दलहरुले चुनावी एजेण्डा मात्र बनाएः लिङ्दने


राजेन्द्र लिङ्देन, फाइल तस्बिर ।

सुर्खेत, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् ।

सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले कर्णालीका सम्भावनालाई चुनावी एजेण्डा मात्र बनाएको बताएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अवसर पाएको खण्डमा कर्णालीका अनेकौं सम्भावनाको ढोका खोल्ने पनि उल्लेख गरे ।

उनले आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति पनि नगर्ने बताए । पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको उनले बताए । उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने  बताए ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको बताउँदै उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीको १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौं ।’

नवीन राप्रपा भन्ने कार्ययोजनाअनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि उनीसहितका नेताहरु सुर्खेत आएका हुन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट