Techie IT
×
गृहपृष्ठराजनीतिचौतर्फी विरोध भएपछि सांसदहरुले दशैँ भत्ता नलिने

चौतर्फी विरोध भएपछि सांसदहरुले दशैँ भत्ता नलिने


काठमाडौं । मुलुकमा कोरोनाले महामारी रुप लिइरहेका बेलामा सांसदहरुको दशैं बोनस खातामा आइसकेको समाचार प्रकाशित भएपछि जनतामाझ चौतर्फी आलोचना भएको छ । जनस्तरमै आलोचना भएपछि जनताकै प्रतिनिधीहरुले एकपपछि अर्को गरी भत्ता नलिने जनाएका थिए।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसदहरुलाइ दशैं भत्ता नलिने आग्रह गरिसकेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन्।

काँग्रेसको यस्तो निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसादहरुलाई पनि दशैं भत्ता नलिन दवाव परेको छ।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको अवस्थामा सांसदहरूले दशैँ भत्ता लिने विषयका बारेमा चौतर्फी विरोध भएपछि दशैं भत्ता लिएकाले पनि धमाधम फिर्ता गर्न थालेका छन्।

कानुनमा नियमित तलबबाहेक, घरबहाल खर्च, खानेपानी तथा विद्युत् खर्च, सञ्चार खर्च, सचिवलाई तलब, बैठक भत्ता, भ्रमण भत्ताको व्यवस्था भएपनि दशैँ भत्ता सम्बन्धमा कुनै कानुनी प्रावधान छैन। त्यसैले पनि चौतर्फी विरोध भएको हो। चौतर्फी विरोधसँगै सासंदहरुले दशैं भत्ता नलिने भएका हुन्।


क्याटेगोरी : राजनीति