Techie IT
  • २०८० असोज १७, बुधबार

एमाले लुम्बिनी प्रदेशमा नयाँ नेतृत्वका लागि मतदान हुने निश्चित : राति ८ बजेदेखि मतदान सुरु गरिने


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिंदा दिंदै पनि निर्वाचन नै हुने भएको छ । नेताहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

सर्वसम्मतमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबीच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।  राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले जानकारी दिए ।

प्रदेश अध्यक्षको लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । रिजाल महासचिव शंकर पोखरेल र कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट