Techie IT
  • २०८० असोज १७, बुधबार

एमालेभित्र असन्तुष्टि चुलिएर विस्फोटको खतरा छ, त्यहाँबाट कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुनसक्छः प्रचण्ड


सुर्खेत, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र असन्तुष्टि चुलिएको र विस्फोट हुने खतरा रहेको बताएका छन्।

समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँबाट कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुनसक्ने बताए।

‘अहिले म नाम लिएर धेरै भन्दिनँ। आफूलाई निकै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ। नेता र कार्यकर्ताको विशाल पंक्ति हैरान, परेशान भएर कहिँ न कहिँ बिस्फोट हुने स्थितिमा पुगेको छ।’ प्रचण्डले भने, ‘मलाई लाग्छ त्यहाँबाट फेरि कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुन्छ भन्ने मेरो विश्वास छ।’

उनले अब भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन जनता सडकमा उतारिने पनि बताए।

‘वर्षा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रिय जनजिविका, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ।’ उनले भने, ‘जनतालाई सडकमा नल्याइ सरकारले मात्रै गर्देला र खाउँला भन्यो भने त्यो भुल हो। इतिहासको निर्माता अन्ततः जनता हो।’

जनता सडकमा आएकैले संविधान मिचेर विघटन गरिएको संसद पुनर्स्थापना हुन सफल भएको उनको तर्क थियो।

‘दुईदुई पटक संविधान मिचेर संसद विघटन गरियो। केही नेताले वक्तव्य दिएर त्यो रोकिनेवाला थिएन। जब हामी सडकमा गायौं। लखौं जनता देशभरबाट काठमाडौंका सडकमा पटक(पटक आन्दोलिन भएपछि कसैले विघटनलाई साथ दिन सक्ने स्थिति भएन र हामी विजयी भयौं।’ उनले थपे, ‘अहिले पनि भ्रष्टाचारविरोधी अभियान, समाजवाद र स्वाधिनताको यो अभियान जनताले मात्रै रोक्न सक्छ।’ 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट