प्युठानमा माओवादी केन्द्रको तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन

प्युठान, १४ भदौ । प्युठानमा नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पार्टी नेताहरूले घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छ ।
पालिकास्तरिय कार्यक्रम सकेर यही भदौ १६ गतेका दिन जिल्लाका ६४ वटै वडामा अभियानको एकसाथ उद्घाटन गर्ने योजना तय भएको जिल्ला पार्टीले जानकारी दिएको हो ।
नेकपा माओवादी केन्द्रका प्युठान जिल्ला संयोजक नमराज अधिकारी (रोशन) ले पार्टीको तीन महिने अभियान अन्तर्गत पार्टीका बैठक, भेला, प्रशिक्षण र अरू रचनात्मक गतिविधि भइरहेको जानकारी दिए ।
उनले भने, ‘अहिले पार्टीको अभियान जारी छ । हामी जनताको बीचमै पुगेर कार्यक्रम गरिराखेका छौँ ।’ उनले दश वर्षे आन्दोलनले संस्थागत गरेको परिवर्तन र सरकारले गरेका राम्रा कामहरूको बारेमा जनतालाई अवगत गराउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै, पार्टी केन्द्रले प्युठान जिल्लामा केन्द्रीय सदस्य निर्मल आचार्यलाई अभियान संयोजक तोकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस