काठमाडौं, ४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभामा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले असल मित्रको परिचय दिने बेला आएको बताएका छन्। प्रतिनिधिसभाबाट पठाइएको नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि बिहीबार बोल्दै उनले भारतले असल मित्रता बजार खोजेर नपाइने बताए ।
‘साँच्चै भारतले नेपाललाई असल मित्र मान्ने हो भने अंग्रेज साम्राज्यवादका कारण लुटेको भूभाग लिनुस् भनेर दिनुपर्छु’, उनले भने, ‘टिस्टा पूर्वको दार्जिलिङसहितको भूभाग नेपाललाई दिनुपर्छ। भारतले काँगडासम्मको भूभाग छाती फुकाएर नेपाललाई दिन सक्नुपर्छ।’
उनले भरतले नेपाललाई असल मित्र मानेको भए उक्त कदम चालि जानुपर्नेमा जोड दिएका छन्। ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्राज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईंहरुको हो तपाईंहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला काँगडा, हाम्रो काँगडासम्मको जमिन तपाईहरुले लिनुस् भनेर फिर्ता देओस्’, उनले भने, ‘चेलीबेटीको नाता हो, डोलिबेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ।’
‘यदि त्यसो हो भने त्यसलाई स-गौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। काँगडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’ नेता शर्माले मैसुरको टिपु सुलतानको दरबारबाट लुटेर लगेको कोहिनुर हिरा भारतले अंग्रेजसँग फिर्ता मागे जस्तै नेपालले पनि आफ्नो भूमि माग्नु जायज भएको बताए। ‘अंग्रेज भारतबाट हटिसकेपछि अंग्रेजले लुटेको भूभाग भारतले फिर्ता दिनुपर्छु’, उनले भने, ‘तर भारतले अझै पो नेपालको भूमि हडपिरहेको छ। मिचिरहेको छ।’
सन् १९६२ मा भारतलाई अफ्ठेरो परेका बेला नेपालले सदासयताले भारतका सेना राख्न दिएको भूमि कब्जा गरेर बस्नु गलत भएको उनले बताए।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking