Techie IT
×
गृहपृष्ठराजनीतिनेपालले गोरखा सेना फिर्ता लिन किन पहल गर्दैन ?

नेपालले गोरखा सेना फिर्ता लिन किन पहल गर्दैन ?


चीन र भारतका बीचमा सोमबार भएको झडप र २० जना भारतीय सेनाको हताहतीको घटनालाई दक्षिण एशिया अझ खासगरी नेपालमा यसलाई गम्भीर रुपमा हेरिएको छ ।

चीन र भारतको सीमा क्षेत्रमा भएको लडाइँसँग नेपाल र भारतका बीचमा पछिल्लो समयमा चर्केको सीमा विवादलाई धेरैले जोडेर हेरिरहेका छन् ।

परराष्टमन्त्री प्रदीप ज्ञवालीले आफूहरुले यसलाई निकटबाट हेरिरहेको बताएका छन् ।

सेना र सशस्त्र प्रमुख सीमा अनुगमनमा

प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधवार दार्चुलाको उत्तरी सीमा क्षेत्रको अनुगमन निरीक्षण गरेका छन् ।

भारतले हडपेको जमिन नजिकै ब्याँस गाउँपालिकाका छांगरु पुगेर स्थलगत अनुगमन निरीक्षण गरेका छन् ।

गत वैशाख ३१ मा गृहमन्त्रालयको पहलमा स्थापना गरिएको सीमा प्रहरी चौकी स्थापना भएपछि स्थानीय जनताले सुरक्षाको महसुस गरेको सशस्त्र प्रहरीका प्रमुख खनालले बताए ।

चीन र भारतका बीचमा सीमामा भएको झडपका लगत्तै नेपालका दुई सुरक्षा निकायको भारतले मिचेको जमिन निरीक्षण गर्न गएको विषयले निकै सकारात्मक सन्देश दिएको छ । भारत आफ्ना छिमेकी देशसँग सीमाका कारण झगडा गरिरहेको सन्देश अन्तर्राष्टिय समुदायमा समेत पुगेको छ ।

गोरखा सेना के गर्ने ?

करिव तीस हजार नेपाली भारतको सेनामा कार्यरत छन् । नेपालसँग सीमा विवाद चर्केको भारतको पक्षमा ती सेना रहनु नैतिक रुपमा सही हुँदैन । ती सेनालाई नेपालसँग भारतले लड्न नपठाउला तर नेपालसँग घनिस्ठ सम्बन्ध भएको चीनतिर पनि लड्न नपठाउन कूटनीति पहल बढाउनु पर्छ । नेपालको मित्र देश पाकिस्तानसँग त उसले लड्न पठाइरहेको छ ।

गलत गोरखा भर्ति केन्द्रको विरोध गरेको कम्युनिस्ट पार्टीले गोरखा सेनामा गएकालाई राम्रो विकल्प दिएर त्यहाँबाट हटाउनु पर्छ । जो हाम्रा मित्र देशसँग भाडाको सेना बनाएर लडाउने परिपाटीको अन्त्य गराउन पहल बढाउनु पर्छ ।

आफ्नो देशको हितमा भन्दा सधैं विदेशीको स्वार्थमा चिन्ता गर्ने परराष्टमन्त्री प्रदीप ज्ञवाली रहेको यो अवस्थामा देशको यस्तो स्वाभिमानी प्रस्तावको अपेक्षा गर्नेहरु नै मूर्ख ठहरिनेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस