Techie IT
×
गृहपृष्ठराजनीतिकोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या होइन : प्रम ओली

कोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या होइन : प्रम ओली


काठमाडौँ, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमणबाट बच्न देशव्यापी रूपमा सचेतना ल्याउने कार्यमा जुट्न सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । उनले कोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या नभई साझा समस्या भएकाले सबै मिलेर यसको रोकथाम र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

उनले कोरोना कुनै राजनीतिक दल वा सरकारको मात्र समस्या नभई साझा समस्या भएकाले सबै मिलेर यसको रोकथाम र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसको संसदीय टोलीको १३ बुँदे ज्ञापनपत्र मङ्गलबार बुझेपछि उनले सुदूरपश्चिम प्रदेशमा ठूलो सङ्ख्यामा भारतबाट एकै पटक नेपाली स्वेदश आउँदा क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ भएको धारणा ब्यक्त गरे । भेटपछि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्रीले कोरोना उपचारका लागि खरिद गरिएका सामग्रीमा भ्रष्टाचार नभएको र सङ्कटका बेलामा खरिद गर्दा केही महँगो भएको धारणा पनि काँग्रेस टोलीसँग राखेको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाका अनुसार टोलीमा काँग्रेस संसदीय दलका प्रमुुख सचेतक बालकृष्ण खाँण, सांसदहरू भीमसेनदास प्रधान, गगन थापा, पुुष्पा भुसाल र राजन केसी सम्मिलित थिए। प्रधानमन्त्रीसँगको भेटमा नेपाली काँग्रेस संसदीय टोलीले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन माग गरेको छ । क्वारेन्टाइनमा बसेका सबैको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने माग काँग्रेसले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपद्बाट जोगाउन अझै पनि सरकारले गर्नैपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाली काँग्रेसले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस