Techie IT
×
गृहपृष्ठराजनीतिअनुपस्थित सांसदहरुसँग नेकपाले स्पष्टिकरण माग्यो

अनुपस्थित सांसदहरुसँग नेकपाले स्पष्टिकरण माग्यो


काठमाडौँ, ३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ ।

सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,–‘जेठ ३१ को प्रतिनिधि सभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधि सभाको बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो ।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको संविधान दोस्रो संशोधन विधेयक माथिको जेठ ३१ गते मतदान भएको थियो । मतदानमा नेकपाका चार जना सांसद अनुपस्थिति थिए । उनीहरु चारै जनालाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले मङ्गलबार स्पष्टीकरण सोधेका हुन् ।

प्रतिनिधिसभामा भएको मतदानमा हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए । यी सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,–‘जेठ ३१ को प्रतिनिधि सभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधि सभाको बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो ।

अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनु भएको हो ? पत्र प्राप्त भएको मितिले पाँच दिनपभित्र दलको कार्यालयमा उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहुन निर्देशन गरिन्छ ।’


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस