Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

चन्द्र भण्डारी तीन महिनापछि संसदमा उपस्थित


काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा तीन महिनापछि उपस्थित भएका छन्।

सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले भने, ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’

उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए। ‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो,’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन्। ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास काठमाडौंको बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

 


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #chandra bhandari

प्रतिक्रिया


ताजा अपडेट