Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

राष्ट्रिय योजना आयोग खारेज गर्न उपेन्द्र यादवको माग


काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्न मा गरेका छन् । बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज गर्न सुझाएका हुन्।

‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ । यसको कुनै उपयोगिता छैन, काम छैन।’

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने उल्लेख गरेको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट