Techie IT
×
गृहपृष्ठराजनीतिएमसीसीको पक्षमा आन्दोलन गर्न देउवाको पहल, जारी सडक संघर्षमा ‘रअ’ को हात रहेको देउवाको बुझाइ

एमसीसीको पक्षमा आन्दोलन गर्न देउवाको पहल, जारी सडक संघर्षमा ‘रअ’ को हात रहेको देउवाको बुझाइ


काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एमसीसीको पक्षमा सडकमा उत्रन आफ्नो पार्टीका भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्तापछि कांग्रेस सभापति देउवाले यो निर्देशन दिएका हुन् ।

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गत शुक्रबार बेलुका कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई टेलिफोन गरी एमसीसी विधेयकको विषयमा आफूलाई आफ्नै पार्टीबाट असहयोग भएको र प्रतिगामी शक्तिले सडकमा जुलुस समेत सुरु गरेको वताएका थिए । यो अवस्थामा एमसीसी विधेयकलाई थाती राख्नु बाहेक आफूसँग अर्को विकल्प नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । ओलीको यो भनाइपछि सभापति देउवाले एमसीसी विधेयकलाई अघि बढाउने मामिलामा आफू सरकारलाई जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।

समाचार स्रोतका अनुसार एमसीसीको विपक्षमा सडकमा नारा लागेपछि त्यसलाई काउण्टर दिन कांग्रेस सभापति देउवाले मंगलबारदेखि आफ्नो पार्टीका भ्रातृ संगठनहरुलाई सडकमा उतार्न लागेका हुन् ।

यतिबेला कांग्रेस सभापति देउवा आफ्नै पार्टीका जुझारु युवा नेता गगन थापाको गतिविधिसँग पनि शशंकित छन् । अहिले विना नेतृत्व तथा विना आह्वान सडकमा सरकारविरुद्ध युवाहरु निस्केका छन् । संसदमा गगन थापाले उठाएको आवाज र यी युवाहरुले सडकमा उठाएको आवाज लगभग मिल्दो जुल्दो रहेको ठम्याई देउवाको छ ।

सडक आन्दोलनका लागि भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को हात रहेको र यसको भित्री नेता गगन थापा रहेको ठम्याइ देउवाको छ । आन्दोलन बढ्दै जाँदा नेतृत्व गगन थापाको हातमा पुग्ने ठम्याइका साथ देउवा शशंकित भएका हुन् ।

विगतमा शाही शासनविरुद्ध सडक आन्दोलन हुँदा सुरुवाती चरणमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि गगन थापासँग यसरी नै शशंकित थिए । गणतन्त्रको माग राख्दै सडकमा निस्केका युवाहरुको नेतृत्व नेवि संघका तत्कालीन महामन्त्री गगन थापाले गरिररहेका थिए । यता सभापति कोइराला भने दरबार र ‘रअ’ को इशारामा सडकमा गणतन्त्रको पक्षमा नारा लागेको विश्लेषण गर्दै थिए ।

उनले यही निहुँमा गगन थापालाई नेविसंघको महामन्त्री पदबाट अपदस्थ समेत गरेका थिए । राजा र संसदवादी दलहरुबीच सम्बन्ध विगार्न ‘रअ’ ले गगन थापा प्रयोग गरेको विश्लेषण त्यतिबेला कांग्रेस सभापति कोइरालाको थियो ।

यतिबेला देउवाले पनि करिव करिव त्यही विश्लेषण गरेका छन् । एमसीसी विधेयक फिर्ता गराएर नेपाल र अमेरिकाबीचको सम्बन्ध विगार्ने रणनीति अनुसार भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले सडक आन्दोलन शुरु गरेको सभापति देउवाको विश्लेषण छ । लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको नक्शा जारी गर्न सरकारसँग माग गर्ने निर्णय नेपाली कांग्रेसको गत कात्तिकमा बसेको बैठकले गरेको थियो । यो निर्णयपछि कांग्रेस सभापति देउवासँग भारत थप चिढिएको छ । यो अवस्थामा भारतले गगन थापालाई हिरो बनाएर आफूलाई असान्दर्भिक बनाउने त होइन ? भनेर देउवा शशंकित छन् । यो अवस्थामा अमेरिकासँगको आफ्नो सम्बन्धलाई थप बलियो बनाउने अभियानअन्तर्गत सभापति देउवा कुनै पनि हालतमा एमसीसी विधेयक पारित गराउने अभियानमा छन् ।

यता सभापति देउवा पार्टीभित्र थप शक्तिशाली बन्दै गएको विश्लेषण संस्थापन इतर पक्षको छ । कोरानाका कारण १४ औं महाधिबेशन अनिश्चित बनेपछि देउवाको भाग्य खुलेको हो । अब आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनभन्दा अघि १४ औं महाधिबेशन हुने सम्भावना देखिदैंन । यी तीन वटै निर्वाचनमा टिकट बाँड्ने देउवाले नै हो । यो निर्वाचनपछि ‘हङ पार्लियामेन्ट’ बन्ने सम्भावना बढेको छ । ‘हङ पािलर्यामेन्ट’ देउवाका लागि फाप्ने निश्चित छ । अब तीन वर्षपछि आफू प्रधानमन्त्री बन्ने विश्लेषण सभापति देउवाको छ । देउवा प्रधानमन्त्री रहेकै अवस्थामा १४ औं महाधिबेशन हुनु भने को थप पाँच वर्षका लागि देउवालाई सभापति बन्ने बाटो खुल्नु हो । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस