प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट सुचारु
काठमाडौं, २ चैत । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट पुनःसुचारु भएको छ। बुधबार साँझदेखि अनाधिकृत रुपमा प्रवेश गरेर असम्बन्धित ट्वीट गरिएको थियो। प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्वीटर ह्यान्डल @PM_nepal_ बिहीबार दिउँसोदेखि सञ्चालन भएको हो।
उनले अनाधिकृत रुपमा प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा प्रवेश गरेको विषयमा छानबिन हुने जानकारी दिए। घटनाबारे छानबिन गरेर सत्यतथ्य छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ।
क्याटेगोरी :
राजनीति,
विज्ञान
ट्याग : #hot,
#twitter